नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका दुई एआईजी यही मंसिरमा अनिवार्य अवकाश जाँदै

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अनिवार्य अवकाश जाँदैछन् ।

एआईजी भीम ढकाल र केदार ढकाल यही मंसिर महिनमा उमेरहदका कारण अनिवार्य अवकाश जान लागेका हुन् ।

एआईजीको ५६ वर्षे उमेरहदका कारण यही मंसिर २२ गतेदेखि एआईजी केदार अनिवार्य अवकाश जान लागेका हुन्  भने अर्का एआईजी भीम पनि मंसिर २८ गते उमेरहदका कारण अनिवार्य अवकाश जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

अवकाश जान लागेका एआईजीद्वय केदार र भीम अहिलेका प्रहरी प्रमुख आईजीपी बसन्त बहादुर कुँवारका ब्याजी हुन् । उनीहरु वि.सं.२०५१  मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

मंसिर २२ गते अवकाश जान लागेका केदारलाई दुई साता अघिमात्र सरकारले एआईजीमा बढुवा गरेको थियो।  प्रहरी नियमावली २०७१ अनुसार प्रहरीको ३० वर्षे सेवा अवधि भए पनि उनीहरू एआईजीको ५६ वर्षे उमेर हदका कारण उनीहरुक अनिवार्य अकाशमा जान लागेका हुन्।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्