नेभिगेशन
अदालत

रवि लामिछानेलाई थप १५ दिन प्रहरी हिरासतमा राख्म अनुमति

पोखरा प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेले जिल्ला प्रहरी कास्कीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अदालतले यसअघि पनि लामिछानेलाई गत कार्तिक २५  गते १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले लामिछानेमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।

प्रहरी हिरासतमा रहेका लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

लामिछानेविरुद्ध चितवन जिल्ला अदालतले सहरा बचतको रकम अपचलन आरोपमा पक्राउ पुर्जी जारी गरिसकेको छ भने काठमाडौं अदालतले पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्