नेभिगेशन
नेपाली सेना

राष्ट्रपतिले दिए सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्ने आदेश दिएका छन् । 

आगामी स्थानीय तहको उपनिर्वाचनका लागि राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनलाई भयरहित, शान्तिपूर्ण र सुरक्षित र निष्पक्ष बनाउन मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२)बमोजिम सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्