नेभिगेशन
नेपाल प्रहरी

५० वर्षीय बाबुको हत्या, छोरा फरार

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० घारीखोलाका ५० वर्षीय दर्वे खत्रीको हत्या भएको छ । उनका २० वर्षीय छोरा वीरबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेको आरोप छ ।

आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। उनका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् ।

फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ । रासस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्