नेभिगेशन
नेपाल प्रहरी

दुई युवकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा तीन युवक पक्राउ

कैलाली । कैलाली प्रहरीकै धनगढीमा अपहरण गरेर बन्धक बनाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

दुई जनालाई धनगढीमा दुई जनालाई बन्धक बनाएको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ घर भई अध्ययनका लागि धनगढी उपमहानगरपालिका बस्दै आएका १८ वर्षीय अमित नेगी, डडेल्धुराका १८ वर्षीय विशाल भट्ट र कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका २४ वर्षीय भुपी खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

कैलालीका प्रहरीका अनुसार उनीहरूलाई अपहरण गरी बन्धक बनाएर लागूपदार्थ खुवाउँदै कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरूको साथबाट एक थान खुकुरी पनि बरामद गरिएको डीएसपी बोहराले बताए । 

प्रहरीका अनुसार आरोपित तीन जनाले युवकले धनगढी उपमहानगरपालिका–४ तारानगर कोठा गरी बस्ने बझाङ केदारस्यु गाउँपालिका ६ का १७ वर्षीय योगेश धामी र बझाङ मष्टा गाउँपालिका ६ का १७ वर्षीय अशोक खड्कालाई तिनीहरुकै कोठाबाट अपहरण गरी धनगढी तारानगरस्थित बाझो घरमा बन्धक बनाएका थिए ।

प्रहरीले आरोपितहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको र निजहरुको मोबाइल समेत चेकजाँच गर्दा कुटपिट गरेको भिडियो भेटिएको आधारमा तीनै जनालाई आवश्यक कारबाही लागि हिरासतमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्