नेभिगेशन
नेपाल प्रहरी

दुर्गा प्रसाईं वीर अस्पतालबाट प्रहरी हिरासत फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत अभिव्यक्ति दिएर पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी हिरासतमा फिर्ता लगिएको छ।

आइतबार साँझ उपचारका लागि वीर अस्पताल लगिएका प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता ल्याइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

साइबर क्राइममा अनुसन्धान भइरहेको प्रसाईंविरुद्ध अदालतले थप ५ दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्