नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल: ४ महिनाको अवधिमा देशभरबाट झण्डै ६३ करोडको अवैध सामाग्री बरामद

एस.गिरी/ काठमाडौं सीमा सुरक्षा मात्रै नभई अवैध ओसारपसारविरुद्द, मानव बेचविखनविरुद्द, लागूऔषध नियन्त्रण , अपराध नियन्त्रण , शान्ति सुरक्षा लगायतका कार्य गर्दै आएको सशस्त्र प्रहरी बल नेपालले अवैध ओसारपसारविरुद ४ महिनाको अवधिमा देशभरबाट झण्डै ६३ करोड रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

जसमा देशभर मधेस ,लुम्बिनी र सुदूरपश्चिमबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेका छन् ।

नयाँ आर्थिक वर्ष २०८१-८२ को साउनको पहिलो साताबाट कात्तिक मसान्तसम्म देशभरका तराईसहित अन्य प्रदेशमा  रहेका सशस्त्र प्रहरीका बाहिनी र अन्तर्गतका  कार्यालयहरुले ६२ करोड ९७ लाख ३४ हजार ७४ रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गर्दै राज्य कोषको ढुकुटी बढाएका हुन् । देशभरका बाहिनी र तराईको सीमामा नजोडिएको एउटा बाहिनी अन्तर्गतका जिल्ला कमाण्ड र (प्रस्तावित) सीमा सुरक्षा गुल्म, बिओपी , आउटर पोस्ट लगायतबाट ४ महिनाको अवधिमा उक्त रकम बराबरका अवैध सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी बल अन्तर्गत नं.१ बराह बाहिनी सुनसरी, कोशी प्रदेश अन्तर्गत साउन महिनामा २ करोड ७६ लाख ५२ हजार २९४ रुपैयाँ, भदौमा २ करोड ७७ लाख ८१ हजार ७२१ रुपैयाँ, असोजमा १ करोड ९९ लाख ६३ हजार ७३१ रुपैयाँ  र कात्तिकमा २ करोड २६ लाख ५३ हजार ९९९ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको हो। सशस्त्र प्रहरी बल नं. २  छिन्नमस्ता बाहिनी महोत्तरी, मधेस प्रदेश अन्तर्गत सशस्त्र प्रहरीले साउन महिनामा ८ करोड ५५ लाख ४० हजार ७३६ रुपैयाँ, भदौमा ८ करोड ४३ लाख ६१ हजार ७३२ रुपैयाँ,  असोजमा  ५ करोड ९४ लाख ६९ हजार ३४१ रुपैयाँ र कात्तिकमा ६ करोड ७३ लाख १८ हजार ४७५ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

त्यसैगरी, अवैध सामाग्री बरामद गर्ने क्रममा  नं.३ गढिमाई बाहिनी हेटौंडा, बागमती प्रदेशले गत साउनमा ३५ लाख ८६ हजार १०८ रुपैयाँ, भदौमा १ लाख  २० हजार ९६९ रुपैयाँ, असोजमा १६ लाख ६६ हजार ६१५ रुपैयाँ र कात्तिकमा ११ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीको नं. ५ विन्ध्यावासीनी बाहिनी चन्द्रौटा, लुम्बिनी प्रदेशले साउनमा ३ करोड ४९ लाख ५३ हजार ५८४ रुपैयाँँ, भदौमा ३ करोड ५९ लाख ३५ हजार ५४३ रुपैयाँ, असोजमा ३ करोड ८८ लाख ८८ हजार ९६९ रुपैयाँ र कात्तिकमा ३ करोड १० लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

त्यसै सुदूरपश्चिमस्थित सशस्त्र प्रहरी बल नं.७ वैधनाथ बाहिनीले गत साउन महिनामा १ करोड ६० लाख १० हजार ३५० रुपैयाँ, भदौमा २ करोड ३२ लाख ९८ हजार  ६ सय रुपैयाँ, असोजमा २ करोड २५ लाख ८३ हजार ११७ रुपैयाँ र कात्तिकमा २ करोड ४२ लाख ७९ हजार १६२ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ भने कर्णाली प्रदेशस्थित सशस्त्र प्रहरी बल नं.६ महेश्वरी बाहिनी सुर्खेतले गत साउनदेखि कात्तिकसम्म ४ लाख ३२ हजार रुपैयाँको अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

उक्त अवधिमा गण्डकी प्रदेशस्थित सशस्त्र प्रहरी बल नं.४     मुक्तिनाथ बाहिनी पोखरा अन्तर्गतले कुनै पनि सामाग्री बरामद नगरेको सशस्त्र प्रहरीले जनाएको छ। गत साउनदेखि कात्तिकसम्ममा अवैध सामाग्री बरामद गर्नेमा सबैभन्दा अगाडि मधेस प्रदेशस्थित सशस्त्र प्रहरी, दोस्रोमा लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी र तेस्रोमा सुदूरपश्चिमस्थित नं.७ वैधनाथ बाहिनी छन् ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्