नेभिगेशन
नेपाल प्रहरी

जीपमा राखिएको ३ क्विन्टल बढी गाँजासहित अमिर पक्राउ

हेटौंडा । मकवानपुरको भैंसेमा प्रहरीले ३ क्विन्टल ३० किलो गाँजा बरामद गरेको छ।

जिल्लास्थित भिमफेदी गाउँपालिका-२ प्रहरी चौकी भैंसीबाट खटिएको प्रहरी टोलीले गोरखाका २८ वर्षीय अमिर मिँयालाई बोलेरो जीपमा राखिएको ३ क्विन्टल ३० किलो गाँजासहित  पक्राउ गरेको हो।

मकवानपुर प्रहरीका अनुसार आज बिहान पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र. ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाईछिपाई ल्याएको गाँजा बरामद गरेको हो।  

मकवानपुर प्रहरीले अमिरलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्