नेभिगेशन
नेपाल प्रहरी

वानएक्स वेट मार्फत सट्टेबाजी गराएर ५५ करोडको कारोबार, पक्राउ परे एजेन्ट

ललितपुर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स वेटमार्फत सट्टेबाजी गराएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पाँचथर घर भएर हाल ललितपुरस्थित महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्दै आएका सुनिल राईलाई ललितपुरबाट पक्राउ गरेको अपराध अनुसन्धानका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।

राई वानएक्स वेट एजेन्ट भएर सट्टेबाजी गराउँदै आएको अनुसन्धानमा खुल्न आएको एसपी आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यले दिएको जानकारी अनुसार अनुसन्धानका क्रममा राईले वानएक्स वेटबाट ५५ करोड रुपैयाँ कारोबार गरेको भेटिएको हो।

पक्राउ परेका राईलाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि सम्बन्धित कार्यालयमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्