नेभिगेशन
नेपाल प्रहरी

रामराजा बहुमुखी क्याम्पस प्रमुखको हत्याका मुख्य अभियुक्त ६ महिनापछि पक्राउ

बारा। नेपाल प्रहरीले बारास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न भएका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत ३२ जेठमा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले मोरङ प्रहरीको सहयोगमा विराटनगरबाट पक्राउ गरेको हो ।

आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा आदर्शकोतवाल गाउँपालिका–३, बतरामा गोली प्रहार गरीको उनको हत्या गरिएको थियो। त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र गएराति पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । 

त्यतिबेला गोली लागेर गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

करिब पाँच महिनापछि विराटनगरमा लुकिछिपी बसेर खेतीपाती गरिरहेको विशेष सूचना पाएर गएको टोलीले उनलाई पक्राउ गरेको बारा प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्