नेभिगेशन
नेपाल प्रहरी

सर्लाहीबाट साढे ८६ लाख रुपैयाँ बढीको अवैध सामाग्रीसहित २ वटा ट्रक प्रहरीको नियन्त्रणमा

सर्लाही । सर्लाहीबाट प्रहरीले साढे ८६ लाख रुपैयाँ बढीको अवैध सामाग्री सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।

सर्लाहीस्थित बागमती नगरपालिका-१२ स्थित चेकपोष्टमा कमैया प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट झापाको काकडभिट्टातर्फ जाँदै  गरेको प्र.१-०१-००१ ख ४१९० नम्बरको ट्रकमा प्रज्ञापन पत्र नभएको र बिल-बिजक भन्दा बढी सामान भएको  २० लाख ७५ हजार ५२७ रुपैयाँ  बराबरको चाईनिज लसुन सहितको ट्रक नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै वीरगन्जबाट  झापाकै बिर्तामोडतर्फ जाँदै  गरेको ना ७ ख ९४६५ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकभित्र प्रज्ञापन पत्र नभएको मोटर पार्टस र टायरहरूका साथै भाडा बर्तन, रेडिमेड कपडाहरु बिल-बिजक भन्दा बढी रहेको र केही सामानको परिणाम समेत नखुलाएको मुल्य ६५ लाख ८६ हजार ९६१ रुपैयाँ बराबरको सामाग्रीसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बुधबार बरामद गरेको जम्मा ८६ लाख ६२ हजार ४८८ रुपैयाँँ बराबरको अवैध सामाग्रीसहित दुई वटा ट्रकलाई  आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाईएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्