नेभिगेशन
नेपाल प्रहरी

हनि ट्रयाप घटनामा तीन जना पक्राउ,पीडितले दिएको चेक बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरजस्ती बलात्कार गरेको भन्दै हनि ट्रयापमा पारेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।  

अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त आरोपमा पक्राउ पर्नेहरूमा काभ्रे भुम्लु गाउँपालिका-४ कोशीपारी ठेगाना भएका काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी , इलामको माई नगरपालिका-१ घर भएर हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीय समृद्धि मगर र  भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका-५ नयाँठिमी बस्ने २५ वर्षीया वर्षा दर्जी हुन् । 

उनीहरुले योजनाबद्ध तरिकाले फार्मेसी सन्चाललाई घाउको ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी मंसिर ६ गते कोठामा बोलाई शारीरिक सम्पर्क गरेको आरोप लगाई बलात्कार मुद्दामा फसाई दिन्छु भनी डर देखाएर हनि ट्रयापमा पारेर  ब्ल्याकमेल गरी रकम असुली गरेको सूचना आए पश्चात्  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दीपेन्द्र दर्जी  र  समृद्धिलाई मंगलबार,  वर्षालाई बुधबार मध्यपुर ठिमी नगरपालिका-३ बाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

हनि ट्रयापमा परेका पीडितले वर्षाको नाममा काटेको एनआईसी एसिया बैंकको ७५ हजार रुपैयाँको चेक , २० हजार ५ सय नगद र ४ वटा मोबाइल बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

अपराध अनुसन्धान कार्यालय पक्राउ परेका उनीहरुलाई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर बुझाइएको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्