नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बैंकिङ कसुरका फरार प्रतिवादीलाई  काठमाडौंबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काभ्रेस्थित बनेपा नगरपालिका-५ का ६१ वर्षीय नवराज गिरी रहेका छन,। उनलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

टीका गिरीले २५ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर सम्बन्धि मुद्दा दर्ता गराएपछि उनलाई पक्राउ गरिएको हो।

नवराज गिरीलाई अपराध अनुसन्धान कार्यालयले आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको एसपी काजीकुमार आचार्यले बताए 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्