नेभिगेशन
अदालत

पूर्व गृहमन्त्री रवि लामिछानेको सरकारी वकिल कार्यालयमा बयान सुरु

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगेर बयान सुरु गराइएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री लामिछानेसँग सरकारी वकिल कार्यालय काठमाडौँले आज बिहानदेखि बयान सुरु गरेको छ।

लामिछानेलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि उनलाई बिहीवार साँझ पोखराबाट काठमाडौं ल्याइएको थियो।

सोही प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी र कुमार रम्तेललाई यसअघि नै पोखराबाट काठमाडौं ल्याएर बयान गराइसकेको छ।

उनीहरु दुबै जना लामिछानेसँगै जिल्ला प्रहरी कास्कीको प्रहरी हिरासतमा छन् 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्