नेभिगेशन
नेपाल प्रहरी

एक अब्बल र सफल एसपी कार्की : जसले गरे ७ महिनामै यी महत्त्वपूर्ण कार्य

नेपालगन्ज । बाँके जिल्लाको कमान्ड सम्हालेको ७ महिना केही दिनमै प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले उत्कृष्ट कार्य गर्न सफल एसपी बन्न पुगेका छन्। जिल्ला कमान्ड सम्हालेको ७ महिनाको अवधिमा एसपी कार्कीले समग्र जिल्लाको शान्तिसुरक्षामा तदारुकता देखाउँदै १८३ वर्ष ६ महिना २० दिन कैद भुक्तान गर्न बाँकि  रहेर फरार भएका ३१६ जना प्रतिवादीहरुलाई पकाउ गर्न सफल भएका हुन् ।

गत बैशाखदेखि मंसिर १३ गतेसम्म पक्राउ परेका प्रतिवादीहरुबाट  १ करोड ११ लाख ४९ हजार ९०८ रुपैयाँ बराबरको जरिवाना समेत असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेका एसपी कार्कीले उक्त अवधिमा ५ करोड २३ लाख ५ हजार ७२ रुपैयाँ बराबरको अबैध भन्सार छलिको सामाग्री बरामद गर्दै अवैध तस्करीका लागि ढुवानीमा प्रयोग भएका एक-एक वटा  ट्रक र बस, ५ वटा चारपाङ्ग्रे गाडी र १७ मोटरसाइकल समेत बरामद गरी भन्सार कार्यालय नेपालगन्ज बुझाइसकेको बाँके प्रहरीले जानकारी दिएको छ। उक्त बरामद गरिएको अवैध सामाग्री अघिल्ला वर्षको भन्दा अत्यधिक बढी हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाबाट श्रोत नखुलेको ७८ लाख ९३ हजार ६९० रुपैयाँसहित १२ जनालाई  पक्राउ गरी आबश्यक कानूनी दायरामा ल्याइएको छ भने  हालसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ९३० मुद्दामा अनुसन्धानका लागि ८७५ जना अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

त्यसैगरी लागुऔषधतर्फको ओसारपसारविरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी ३३८ ग्राम ८९८ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ भने प्रतिवन्धित लागू औषध नाइट्राजेपाम १४ सय २८ ट्याब्लेट, ट्रामाडोल ७८२ ट्याब्लेटसहित १९० जना ओसारपसार कर्ताहरुलाई पक्राउ गरी आबश्यक कारबाही गरिएको जिल्ला प्रहरीले बाँकेले जानकारी दिएको छ।

बाँकेभर गरिएको ट्राफिक कारवाहीतर्फ ‌१८ हजार ३०५ वटा सावरीसाधनलाई कारवाही गर्दै १ करोड ६१ लाख १५ हजार ५ सय रुपैयाँँ राजस्व गरिएको बाँके प्रहरीले जनाएको छ। त्यसैगरी गत बैशाखदेखि मंसिरसम्ममा चोरी भएका तथा हराएका २२ बटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझाइ सकेको छ।

हुण्डी-अनलाइन जुवा कारोबारतर्फको कारबाही-

त्यस्तै जिल्ला प्रहरी बाँकेले २०८१ असार २८ गते हुण्डी  कारोबारमा संलग्न रहेका  ३ जनालाई पक्राउ गर्दै २४ लाख ६२ हजार ३१५ रुपैयाँँ नगद बरामद गर्दै आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको बाँके प्रहरीले जानकारी दिएको छ।

अर्को हुण्डी अपरेसनमा बाँके प्रहरीले नेपालगन्जबाटै नेपाली ४० लाख १० हजार २५५ रुपैयाँ र ५९ हजार ५ सय  भारतिय रुपैयाँ सहित ७ जना हुण्डी कारोबारी पक्राउ गरि कानूनी दायरमा ल्याइसकेको छ।

यसैगरी,  २०८१ जेठ १९ गते नेपालगन्ज महानगरपालिका वडा नं.४ वस्ने विनोद सोनी र .वडा नं.३ वस्ने हारुण रहिस हलवाईलाई स्रोत नखुलेको नगद नेपाली  ८ लाख रुपैयाँँ सहित पक्राउ गरि राजश्व  अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको थियो भने www.tab66.comwww.himabet.com र www.metabet.com बाट अनलाइन सट्टेवाजी (जुवा) खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको एसपी कार्कीले जानकारी दिएका छन् ।

यस्तै २०८० बैशाख २९ गते नेपालगन्जमा भएको समुदरानी थारुको घाँटि रेटि गरिएको हत्या घटनाका फरार प्रतिवादी रहेका शैलेन्द्र थारुलाई  २०८१ असार १४  गते भारतबाट पक्राउ गरिएको एसपी कार्कीले बताए।

एसपी कार्कीका अनुसार  गत असोज २७ र २८ गते कोहलपुरमा नाबालिकालाई सामूहिक बलात्कार गर्ने ५ जनालाई पक्राउ गरी आबश्यक अनुसन्धानपछि कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको थियो भने असोज २७ गते कोहलपुरका एक जना पुरुषको घाँटि रेटि हत्या गरेर फरार भएर लुकिछिपी बसेका एक युवकलाई राप्तीसोनारीबाट ४८ घण्टाभित्रै पक्राउ गरिएको थियो।

त्यसैगरी, कोहलपुर क्षेत्रमा यात्रुहरुलाई बिषादी सेवन गराई लुटपाट गर्ने गिरोहका सदस्यहरुलाई गत कात्तिक १ गते  पक्राउ गरी कानूनी दायरमा ल्याइएको उनले बताए।

जिल्ला प्रहरी बाँके परिसर भित्रको बाँकेको बाटो मर्मत, रङ रोगन, प्रतिक्षा स्थल तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यीकरण गरि सेवाग्राही मैत्री वातावरणसमेत गराइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

हाल बाँके प्रहरीले अवलम्बन गरेको नितीले अपराध नियन्त्रण देखिएको सुरक्षा छनकले बाँकेका स्थानीयले एसपी कार्कीको मुक्तकन्ठले प्रशंसा गरिरहेका छन् । स्थानीयहरु भन्छन्- 'एसपी कार्की एक अब्बल एसपी हुन।'

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्