नेभिगेशन
अदालत

रवि लामिछानेसँगको बयान आइतबार पनि, आज सकिएन बयान

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेको आइतबार पनि सरकारी वकिल कार्यालयले बयान लिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री रवि  अझै तीन दिनसम्म काठमाडौँ प्रहरीको हिरासतमा रहने भएका छन् ।

बिहीबार साँझ पोखराबाट काठमाडौँ ल्याइएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमा नै रहने भएका हुन्।

शुक्रबार बिहानदेखि शुरू भएको बयान दिउँसो ३ः३० बजे सकिएको छ। आज उनले करिब साढे ४ घण्टा लामो बयान दिएका छन् । बिहीबार काठमाडौँ ल्याइएका उनको शुक्रबारबाट बयान शुरू भएको हो। 

जिल्ला सरकारी वकिलको कार्यालयमा बिहानदेखि भएको बयान दिउँसो सकिएको जनाइएको छ।

अब उनको बाँकी बयान आइतबार हुने छ। उनी सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा थिए। काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।

स्वर्णलक्ष्मी सहकारीबाट जीबी राई र रविले लाखौँ रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्। 

त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ। 

सहकारी ठगीमा रविको बयान काठमाडौँमा जारी, रवि र जीबीले रकम झिकेका कागजात फेला

यसअघि उनका गोर्खा मिडियाका साझेदार पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइएको थियो।  स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। 

पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवास् र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जीबी राई भने फरार छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्