नेभिगेशन
नेपाल प्रहरी

प्रहरी प्रतिष्ठानमा 'आर्थिक अपराध अनुसन्धान' तालिमको दीक्षान्त सम्पन्न

काठमाडौं । नेपाल प्रहरी प्रतिष्ठान महाराजगन्जमा सन्चालित 'आर्थिक अपराध अनुसन्धान' तालिमको आज दीक्षान्त कार्यक्रम गरिएको छ।

महाराजगन्जको प्रहरी प्रतिष्ठानस्थित प्रहरी अपराध अनुसन्धान विद्यालयमा कात्तिक २६ गतेदेखि सिनियर तथा जुनियर प्रहरी अधिकृतका लागि सन्चालित ११ समूहको 'आर्थिक अपराध अनुसन्धान' तालिमको आज प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा.मनोज कुमार केसीले समापन गरेका हुन् ।

दीक्षान्त कार्यक्रमलाई समापन गर्दै डीआईजी केसीले सिकेका कुरालाई कार्यान्वयनमा ल्याउन प्रशिक्षार्थीहरुलाई निर्देशन दिएका थिए। देशमा बर्तमान अवस्थामा धेरैजसो आर्थिक अपराधका मुद्दा आउने हुँदा आफूले यहा सिकेको ज्ञानको भरपुर सदुपयोग गर्दै अनुसन्धान सफल पार्न निर्देशन दिएका हुन् ।

दर्जनौं प्रशिक्षार्थी सम्मिलित तालिमको दीक्षान्त समारोहमा उच्च प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्