नेभिगेशन
सुरक्षा विशेष

मधेसका गृहमन्त्रीले पैसा नदिए 'तह लगाउने' भुमिगत गोइत समूहको धम्की

जनकपुर । मधेस प्रदेशका गृह,मन्त्री राजकुमार लेखीलाई अपराधिक समूहले पैसा नदिए तह लगाउने  धम्की  दिएको छ। मधेस सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री लेखीले आफू नै असुरक्षित भएको बताएका छन् । 

गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टि गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले आफैँ पुष्टि गरे । 

मन्त्री लेखीले आफूलाई आर्थिक सहायताको नाममा जयकृष्ण गोइतले धम्की दिएको बताए । आफूलाई केही दिन अगाडी आर्थिक सहयोगका लागि गोइतले फोन गरी धम्की दिएको मन्त्री लेखीले बताए । 

उनले भने, ‘जयकृष्ण गोइतको नाम सुन्नुभएको होला केही वर्ष अगाडीसम्म जनतान्त्रिक तराई मुक्ति मोर्चाको हिंसा गर्थे उनले नै मलाई आर्थिक सहयोगको नाममा धम्की दिए । गोइतले मलाई तपाईँ मन्त्री हुनुहुन्छ श्रोत साधन छ, आर्थिक सहयोग गर्नुस्, नभए कसरी दिनुहुन्छ मलाई थाहा छ भन्दै धम्की दिए ।’ गोहित समूह हाल भारतमा लुकिछिपी बस्दै आएको छ।

यसबारेमा मन्त्री लेखीले मुख्यमन्त्री र प्रहरीलाई जानकारी गराइसकेको र आफूलाई जस्तै अन्य मन्त्रीहरूलाई पनि पैसाका लागि सोही समूहले धम्की आउने गरेको कुरा मैले प्रहरीबाट जानकारी पाएको उनले बताए।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्