नेभिगेशन
नेपाल प्रहरी

अमेरिका पठाउने भन्दै झन्डै ९० लाख ठगी गरेको आरोपमा दाङका मोहनलाल पक्राउ

तुलसीपुर । इलाका प्रहरी कार्यालय तुलसीपुरले अमेरिका पठाउने भन्दै झन्डै  ९० लाख रुपैयाँ ठगी गरेकोआरोपमा दाङको बबई गाउँपालिका वडा-६ पञ्चकुलेका ३८ बर्षीय मोहनलाल बुढाथोकीलाई पक्राउ गरेको छ।

अमेरिका पठाउने भन्दै बिभिन्न ब्यक्तिहरुबाट झन्डै ९० लाख रुपैयाँ लगेर ठगी गरेको उजुरी पछि मंसिर ३ गते बुढाथोकी पक्राउ गरिएको इलाका प्रहरी तुलसीपुरले जनाएको छ।

तुलसीपुरका तीन जना ब्यक्तिले बुढाथोकीले आँफुहरुलाई अमेरिका पठाइदिने प्रलोभनमा पारी लाखौं ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएका थिए । पीडित तीन जना ब्यक्ति मध्य बुढाथोकीका बिरुद्ध एक जनाको ४५ लाख, अर्काले २२ लाख र अर्का एक जनाले पनि २० लाख ठगी गरेको प्रहरीमा उजुरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तीन जनाको उजुरी पछि बुढाथोकीलाई मंसिर ३ गते पक्राउ गरिएको थियो। बुढाथोकीमाथि अन्य बिभिन्न ब्यक्तिहरुले पनि ठगीको आरोप लगाएका छन् । उनी पक्राउ परेको थाहाँ पाएपछि प्रहरीमा फोन गरि आँफुपनि ठगिएको भन्नेहरु बढेको प्रहरीले जानकारी दिएको छ।

गत कात्तिक २ गते मात्रै बुढाथोकीलाई अमेरिका पठाइदिने प्रलोभनमा आँफुहरुलाई ठूलो रकम ठगी गरेको भन्दै एक समुहले बन्धक बनाइ प्यूठान पु¥याएको थियो ।

प्रहरीले मध्य राति प्यूठानवाट उनको उद्धार गरेको थियो। बन्धक बनाउने समुहसहित पक्राउ गरि दाङ ल्याइएपनि बुढाथोकीले कसैलाई पनि उजुरी नदिएको हुँदा उनीहरु छटेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्