नेभिगेशन
नेपाली सेना

उपनिर्वाचन सुरक्षा: मतदान स्थल वरपर सेनाको गस्ती

काठमाडौं । आज भइरहेको स्थानीय तहको उपनिर्वाचन हुने मतदान केन्द्रमा नेपाली सेनाले गस्ती सुरु गरेको छ। काठमाडौंको कीर्तिपुर लगायत देशभरका सबै उपनिर्वाचन हुने मतदान केन्द्र वरपर सेनाले गस्ती गरिरहेको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान नसकीदा सम्म उपनिर्वाचन स्वच्छ , शान्तिपूर्ण बनाउन सेनाले मतदान स्थल वरपर पैदल गस्ती गरिरहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान स्थल सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी परिचालित छ भने दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो तथा बाहिरी घेरामा सेनालाई खटाएको हो।

सेनाले मतदान स्थल जाने बाटो लगायत मतदान वरपर पैदल तथा गाडीमा गस्ती गरिरहेको छ। त्यस्तै राष्ट्रिय अनुसन्धानको टोली पनि खटाइएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्