नेभिगेशन
सुरक्षा अपडेट

रोल्पामा झोलुङ्गे पुल बनाउँदै गर्दा रिटेलिङ वालले च्यापिएर ५ मजदुरको मृत्यु

रोल्पा । झोलुङ्गे पुल बनाउँदै गर्दा रिटेलिङ वाल भत्किएर पाँच जना मजदुरको मृत्यु भएको छ । रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा आज बिहान तीन पुरुष र दुई महिला गरी पाँच जना मजदुरको मृत्यु भएको रोल्पा प्रहरीले जानकारी दिएको छ।

रोल्पा प्रहरीका अनुसार वाल भत्किएर मृत्यु हुनेमा सुनछहरी-३ बाहिरी गामका ४५ बर्षीय दुजमान परियार, ३१ बर्षीय ओम परियार, ४० बर्षीया सुबित्रा परियार, २७ बर्षीया आइती परियार र ६६ बर्षीय देविराम परियार रहेका छन् ।

झोलुङ्गे पुल निर्माण कार्यमा सात जना खटिएकोमा दुई जना बाच्न सफल भएको प्रहरीले जानकारी दिएको छ।

सुनछहरी गाउँपालिका-३ गाममा आज बिहान अन्दाजी  १० बजेतिर निर्माणाधिन झुलुङगे पुलको रिटेलिङवाल भत्किँदा  उनीहरु पुरिएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्