नेभिगेशन
नेपाल प्रहरी

उत्कृष्ट कार्य गरेका प्रहरी निरीक्षक राजन बने गण्डकी प्रदेशको 'पुलिस अफ द मन्थ'

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन रायमाझी गण्डकी प्रदेशकै उत्कृष्ट कर्मचारी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत इन्स्पेक्टर रायमाझीलाई उत्कृष्ट कार्य गरेकै कारण गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रदेशभरकै 'पुलिस अफ द मन्थ' घोषित गर्दै प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले प्रशंसापत्रले सम्मान गरेकी हुन् ।

गण्डकी प्रदेशकै गत कात्तिक महिनाको 'पुलिस अफ द मन्थ' बनेका इन्स्पेक्टर रायमाझीले संगठनले दिएको काम र कर्तव्यलाई  सांगठनिक नीति निर्देशन बमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदिय दायित्वलाई ईमान्दारी कर्तव्यनिष्ठ एवं प्रशंसनिय ढंगबाट सम्पादन गरेकोले उत्कृष्ट कर्मचारी घोषित गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय जनाएको छ।

निडर र इमानदार स्वभावका इन्स्पेक्टर रायमाझीले २०८१ कार्तिक महिनामा जबरजस्ती करणी मुद्दामा संलग्न दुई जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए ।

त्यस्तै नेपाली महिलालाई भारतको सिक्किममा लगेर जबरजस्ती श्रम शोषण जस्तो कार्यमा लगाउने सिद्धाश्रम बाबा भनेर चिनिने कुमार भट्टराईलाई समेत उनले पक्राउ गर्न सफल भएको गण्डकी प्रदेश प्रहरीले जानकारी दिएको छ। इन्स्पेक्टर रायमाझी उक्त घटनाकी ती पीडित महिलालाई सकुशल उद्धार गरी ल्याइएको प्रहरी जनाएको छ।

यसअघि पनि बाँकेको इलाका प्रहरी कार्यालय भगवानपुरमा रहँदा पनि इन्स्पेक्टर रायमाझीले उत्कृष्ट कार्य गरेका थिए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्