नेभिगेशन
अदालत

रवि लामिछानेलाई घुमाको घुमाइ,काठमाडौंबाट ल्याइयो चितवन

चितवन । पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवन ल्याइएको छ।

सहकारी ठगी, संगठित अपराधको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री  लामिछानेलाई आज बिहान बुद्ध एयरबाट चितवन ल्याइएको चितवन प्रहरीले जनाएको छ। 

पूर्व गृहमन्त्री लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो। कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिइएको थियो।

चितवनमा पनि लामिछानेविरुद्ध उजुरी परेपछि बयानका लागि यहा  ल्याइएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएका पूर्व गृहमन्त्री  लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान गराइसकिएको छ। पक्राउ पुर्जी भएका पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन ल्याएर यसअघि नै बयान गराइसकिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्