नेभिगेशन
सुरक्षा अपडेट

भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका बेचन झालाई पक्राउ गरेको छ। प्रहरीको टोलीले झालाई शुक्रबार राति नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ गरेर काठमाडौं ल्याए लगत्तै झाको स्वास्थ्यमा समस्या आएपछि प्रहरीले उनलाई उपचारका लागि वीर अस्पतालमा लगेको हो।

पक्राउ परेका झाले एकजना पीडितबाट २ करोडको चेक लिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।टोखा नगरपालिका-६ धापासीस्थित रामशरण केसी पक्राउ परेपछि झाले २ करोडको चेक लिएको बयान दिएका थिए।

झाले २ करोडको चेक लिएर मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थी प्रक्रियामा निर्णय गराउने अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले सोही प्रकरणमा फरार रहेका पूूर्व गृहमन्त्री एवंं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल' पुत्र प्रतीक थापालाई शुक्रबार राति पक्राउ गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्