नेभिगेशन
नेपाल प्रहरी

'नागरिकको समस्याको सहजीकरण' गर्नेतर्फ केन्द्रित हुन प्रहरी प्रमुखको निर्देशन

काठमाडौं  । लमजुङ पुगेका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय लमजुङको अवलोकन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको अवलोकन र निरीक्षणका क्रममा आईजीपी कुँवरले आज लमजुङमा कार्यरत प्रहरी कर्मचारीलाई  कार्य सम्पादनका विभिन्न विषयमा निर्देशन दिएका हुन् ।

आईजीपी कुँवरले कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको भन्दै प्रहरी कर्मचारीहरु हरेक पल नागरिकको साथमा रहेर सहकार्य गर्नुपर्ने कुराको निर्देशन दिएका थिए।

लमजुङ प्रहरी प्रमुख लगायत सबै कर्मचारीलाई निर्देशन दिंदै आईजीपी कुँवरले भने-"नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ केन्द्रित हुनुपर्छ।"

यसैगरी, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सीमान्तकृत एवं पीडितवर्गको सारथी भई उनीहरूको समस्या र गुनासोलाई सम्बोधन गर्नसमेत आईजीपी कुँवरले निर्देशन दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्