नेभिगेशन
नेपाल प्रहरी

नगरपालिकाको फर्जी पत्र बनाएर रोक्का भएको २९ लाख निकालेको आरोपमा प्रधानाध्यापक पक्राउ

रौतहट । एक जना विद्यालयकी प्रधानाध्यापकलाई नगरपालिकाको फर्जी पत्र बनाएर विद्यालयको रोक्का भएको रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

रौतहटस्थित चन्द्रपुरको आधुनिक प्राथमिक विद्यालयकी प्रधानाध्यापक किशोरी चौधरीले चन्द्र्पुर नगरपालिकाको फर्जी पत्र बनाएर कीर्ते हस्ताक्षर गरी विद्यालयको बैंक खातामा रोक्का रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकालेर हिनामिना गरेको आरोपमा रौतहट प्रहरीले उनलाई पक्राउ गरेको हो।

आर्थिक वर्ष २०८०-०८१ का लागि विशेष अनुदानबाट  विद्यालयको ४ कोठे भवन निर्माणका लागि पहिलो किस्तामा ४७ लाख ७५ हजार ५१२ रुपैयाँ हुँदा उनले  दोस्रो किस्ता रकम निकाल्न उनले नगरपालिकाको फर्जी पत्र बनाएर सबै पैसा निकालेर हिनामिना गरेको रौतहट प्रहरीले जानकारी दिएको छ।

नगरपालिकाले प्राविधिक जाँच र पहिलो  रनिङ बिलका आधारमा  भवन बनाउन बनाउने कम्पनीलाई २० लाख १० हजार ५२९ रुपैयाँँ फुकुवा गरिएको थियो।

तर किशोरीले बाँकि रहेको रकम निकाल्न नगरपालिकाको फर्जी पत्र बनाएर कीर्ते हस्ताक्षर गरेर अरु सबै रकम हिनामिना गरेको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्