नेभिगेशन
सुरक्षा विशेष

प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिद्वारा रुपन्देही प्रहरीको हिरासत कक्षको निरीक्षण

रुपन्देही । प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिको अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निरीक्षण गरेको छ ।

आज रुपन्देही पुगेको कानून न्याय तथा मानव अधिकार समितिको टोलीले जिल्ला परिसरको निरीक्षण गरेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

रुपन्देही प्रहरीका अनुसार सांसद चन्द्र बहादुर विश्र्वकर्मा,  धुर्ब बहादुर प्रधान र जीवन परीयार सहितको टोलीले प्रहरीको हिरासत कक्ष लगायत अन्य स्थानको निरीक्षण तथा अवलोकन गरेको थियो।

टोलीले निरीक्षण र अनुगमन पश्चात्  अन्तरक्रिया कार्यक्रम गर्दै आवश्यक निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्