नेभिगेशन
नेपाल प्रहरी

सौतेनी बुवाबाट असुरक्षित भएका तीन बालबालिकाको उद्धार, बुवा पक्राउ

काठमाडौं । आफ्नै सौतेनी बुवाबाट असुरक्षित तीन बालबालिकाको उद्धार गरिएको छ। काठमाडौं महानगरपालिकाको बाल उद्धार कार्यदल र बालबालिका खोजतलास सेवा बाल हेल्पलाइनको टोलीले बुवाबाट असुरक्षित रहेका तीन बालबालिकालाई उद्धार गरेको हो।

महाननगरको टोलीले आफ्नै सौतेनी बुवाबाट करणी भएर असुरक्षित रहेको सूचना पाए लगत्तै ११ वर्षीया बालिका र उनका ७ र ९ वर्षीय भाइहरुको उद्धार गरेको जनाएको छ।  ती बालिका कक्षा ६ मा अध्ययनरत छिन्।

महानगरको टोलीसँगै बौद्ध प्रहरीले ती बालिका र दुई बालकको उद्धार गरि सौतेनी बुवालाई पक्राउ गरेको छ।

यता पक्राउ परेका सौतेनी बुवासँग घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्