नेभिगेशन
अदालत

रवि लामिछाने र छवीलाल जोशीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

पर्सा । जिल्ला अदालत पर्साले पनि पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गर्व्को छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री  लामिछाने र पूर्वडीआईजी जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको हो । लामिछाने र जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। 

सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।

आज लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालयमा गराइएको थियो।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्