नेभिगेशन
अदालत

सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई रातारात पोखरा लगियो

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ। आज बिहान ३ बजे गाडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई चितवनबाट पोखरा लगिएको हो। 

जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेको बयान सकाएर आज बिहानै पोखरा पठाइएको चितवन प्रहरीले जानकारी दिएको छ।

लामिछानेलाई काठमाडौंमा बयान सकाएर चितवन लगिएको थियो। त्यसैगरि जिल्ला अदालत पर्साले पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अब लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशीलाई पनि पर्सा लैजाने बताइएको छ। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्