नेभिगेशन
नेपाल प्रहरी

२० वर्ष जेल सजाय पाएका फरार प्रतिवादी बर्दियाबाट पक्राउ

बर्दिया जिल्ला प्रहरी कार्यालय बर्दियाले २० वर्ष जेल सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी बर्दियाका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाँउपालिका वडा नं. ३ गोब्रेपुरका  ४२ वर्षीय पन्नालाल खटिक रहेका छन् ।

खटिकलाई जिल्ला अदालत बर्दियाले २०६८ जेठ १० गते  कर्तव्य ज्यान मुद्दामा  दोषी ठहर गर्दै २० वर्ष जेल सजाय सुनाएको थियो। उक्त फैसला पश्चात् फरार  रहेका खटिकलाई लुकिछिपी बसेको अवस्थामा बर्दियाबाट पक्राउ गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका खटिकलाई जेल सजाय भुक्तानका लागि जिल्ला अदालत बाँकेमा बुझाई जिल्ला कारागार बर्दिया पठाइएको जिल्ला प्रहरी बर्दियाले जानकारी दिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्