नेभिगेशन
सुरक्षा विशेष

पत्रकारमाथि धरानका मेयरको धम्की, महासंघले गर्‍यो निन्दा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

खोज पत्रकारिता केन्द्र (खोपके) का पत्रकार गोपाल दाहालले हर्क साम्पाङको बारे लेखेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङले समाजिक सञ्जालमा ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु । अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ।’ भनेर सामाजिक सञ्जालमा धम्कीपूर्ण स्ट्याटस लेखेर धम्की दिएको घटनामा पत्रकार महासंघले निन्दा गरेको छ।

महासंघले भनेको छ-"समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान हुँदाहुँदै यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो ।"

मेयर साम्पाङको यस्तो अराजक र अशोभनीय हर्कतले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघले ठहर गरेको जनाएको छ ।

साथै महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका घटना दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्