नेभिगेशन
नेपाल प्रहरी

गृहमन्त्रीका 'नक्कली पिए' काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले गृहमन्त्री रमेश लेखकको 'प्रमुख स्वकीय सचिव हुँ'भन्दै प्रहरी प्रशासन र विभिन्न कार्यालयमा फोन गरेर सताउने 'नक्कली पिए' लाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बैतडीको भुमेश्वर गाउँपालिका-७ घर भएका गृहमन्त्रीका २६ वर्षीय 'नक्कली पिए' करनसिंह विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको छ।

पक्राउ परेका विष्टले प्रहरी प्रशासनलाई फोन गरेर आफू गृहमन्त्रीको पिए भएको बताउँदै लाभ लिन खोजेको भेटिएको प्रहरीले जानकारी दिएको  छ।

यता गृहमन्त्री लेखकको सचिवालयले अनावश्यक रुपमा त्यस्ता व्यक्तिहरुबाट सतर्क रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्