नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीमा ११ सय ६५ जवानका लागि नयाँ भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा जागिर आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयक्प मानव श्रोत विभागले आज एक सूचना जारी गर्दै १ हजार १६५ जना जवानको लागि भर्ना खुलाएको हो।

प्रहरी प्रधान कार्यालयले प्रहरीका लागि ४७ भान्छे र ११ जना कुचीकार पदमा पनि नयाँ भर्ना खुलाएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ भर्नाका लागि आवेदन कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने छ।

यसैगरी, गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि आवेदन फारम भरेर बुझाउन सकिने प्रधान कार्यालयले जानकारी दिएको छ।

साथै ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पनि आवेदन फारम भर्न सकिने जनाउँदै यहीँ मंसिर २७ देखि ७ गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सूचना-

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्