नेभिगेशन
नेपाल प्रहरी

धनुषामा महिलाको विभत्स हत्या, टाउको र शरीर अलगअलग ठाँउमा भेटियो

काठमाडौं धनुषाको विदेह नगरपालिकाकी एक महिलाको विभत्स हत्या भएको छ। जिल्लास्थित विदेह नगरपालिका-५ मुरिबा टोलीकी ४० वर्षीया महिला रामपरी देव ठाकुर वडहीको टाउको र शरीरलाई दुई टुत्रा पारेर हत्या भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी धनुषाका अनुसार रामपरीको टाउको काटिएको नग्न अवस्थामा रहेको शरीर उनको घरभन्दा १ किलोमिटर टाढा स्थानीय शिवनारायण मण्डलको खेतमा भेटिएको र टाउको कमला नदीको नहरमा फेला परेको थियो।

प्रहरीले हत्या भएकी रामपरीको शरीर र टाउको फेला परेको स्थानभन्दा अलि टाढा रगत बगेको देखिएको जनाएको छ।

मंगलबार दिउँसो घाँस काट्न घरबाट निस्किएकी रामपरी राति अवेरसम्म नआएपछि उनका छोराले गाउँलेलाई जानकारी गराएपछि खोजतलास सुरु गरिएको थियो। प्रहरीले दिएको जानकारी अनुसार बुधबार उनको भयानक तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

मृतक रामपरीका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । धनुषा प्रहरीले विभत्स हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पहिला पक्राउ गरेपनि अहिले एक जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्