नेभिगेशन
सुरक्षा अपडेट

ग्राभेल लोड गरेको टिपर दुर्घटनामा चालकको मृत्यु

हेटौंडा । काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

मकवानपुरको बकैया गाउँपालिका-५ झाँक्रीडाँडामा निर्माण भइरहेको फास्ट ट्रयाक राजमार्गका लागि ग्राभेल लोड गरेर जाँदै गरेको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

मकवानपुर प्रहरीका अनुसार आज बिहान ८ बजेतिर ना८ख २४३० नम्बरको टिपर सडकबाट करिब ३०-४० मिटर तल खसेर दुर्घटना हुँदा चितवन घर भएका ४० वर्षीय चालक सानु तामाङको मृत्यु भएको हो।

मकवानपुर प्रहरीले घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्