नेभिगेशन
नेपाल प्रहरी

विदेश भाग्नै लाग्दा विमानस्थलबाट समातिए सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपी

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट।प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

फरार रहेका पोखराका कृष्ण गुरुङलाई बेलायत भाग्दै गरेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ। सहकारीका सञ्चालक सदस्यसमेत रहेका उनी बेलायत  भाग्न लाग्दै थिए।

सूर्यदर्शन सहकारी रकम अपचलनकै आरोपमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, सहकारीका पूर्वसञ्चालक कुमार रम्तेल, व्यवसायी रामबहादुर खनाल, लीला पछाईलगायतमाथि कास्की प्रहरीले छानबिन गरिरहेको छ ।

उनलाई पोखरा लगेर म्याद थप गरि थप अनुसन्धान सुरु गरेको कास्की प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्