नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन विमानस्थलवाट किन पक्राउ परेका थिए कतारबाट घर फर्किएका सप्तरीका जगदिश यादव?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारबाट घर फर्किदै गरेका सप्तरीका एक युवक पक्राउ परेका छन् ।

वैदेशिक रोजगारी गरेर कतारबाट नेपाल फर्किएका सप्तरीको बोदेबरसाइन नगरपालिका-६ का २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश यादवलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको जनाएको छ।

यादवलाई नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको जानकारी दिएको छ। यादवले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत चिनजान भइ निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाइ चरित्र हत्या गरी दुःख दिएको भन्दै पीडितको जाहेरीका आधारमा कारबाही अघि बढाइएको ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका अनुसार शुक्रबार साँझ परेर आज सार्वजनिक बिदा परेकाले यादवलाई आइतबारमात्र अदालतमा उपस्थित गराइने र त्यसपछि मात्रै थप अनुसन्धान अगाडि बढाउने भएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्