नेभिगेशन
नेपाल प्रहरी

गृहमन्त्री लेखकद्वारा कोशी प्रदेश प्रहरी कार्यालयको निरीक्षण, जनताको समस्या बुझ्न निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण गरेका छन् । 

आज  निरीक्षणका क्रममा गृहमन्त्री लेखकले कार्यालयको अवलोकन गर्दौ कोशी प्रदेशको बर्तमान शान्तिसुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको बिद्यमान अवस्था र चुनौतीको सामना गर्न निर्देशन दिएका थिए।

गृहमन्त्री लेखकले जनताको समस्या बुझ्न कोशी प्रदेश प्रहरी अन्तर्गत सबै निकायलाई निर्देशन समेत दिएका थिए।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख लगायत अन्य उच्च प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्