नेभिगेशन
सुरक्षा अपडेट

अस्पतालका कर्मचारी खेलकुद कार्यालयको झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिए

सप्तरी । एक जना अस्पतालका कर्मचारी खेलकुद कार्यालयमा बाँधिएको अवस्थामा  मृत फेला परेका छन्।

सप्तरीस्थित राजविराजमा रहेको जिल्ला खेलकुद विकास समिति परिसर भवनको झ्यालमा बाँधिएको अवस्थामा कार्यालयकै कर्मचारी सुधीर झा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

 गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत ४५ वर्षीय  झा रहेको सप्तरी प्रहरी जानकारी दिएको छ।

आज विहान स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले हत्या भएको हुन सक्ने अनुमान गरेको छ भने घटनाको थप अनुसन्धान सुरु गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्