नेभिगेशन
सशस्त्र प्रहरी

भारत तस्करी हुँदै गरेको ६४ किलो गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले भारततर्फ तस्करी हुँदै गरेको ६४ किलो गाँजा बरामद गरेको छ।

आज एकाबिहानै सशस्त्र प्रहरीले सुनसरीस्थित भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाही सीमानाकाबाट भारततर्फ गर्दै गरिएको अवस्थामा ६४ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

विशेष सूचना पाएर गएको सशस्त्र प्रहरीको बिओपी उल्टीले उक्त गाँजा बरामद गरेपनि तस्करहरु भने फरार भएको बताइएको छ।

सशस्त्र प्रहरी सुनसरीले बरामद गरेको गाँजालाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्