नेभिगेशन
नेपाल प्रहरी

सुनसहित काभ्रे र रुपन्देहीबाट ३ जना पक्राउ

काठमाडौं । काभ्रे प्रहरीले बनेपा नगरपालिका- १३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रोशी गाउँपालिका-९ का ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका-१ का २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा आइतबार राति कारको सिट मुनी प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको सुन फेला पारी चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी रुपन्देही प्रहरीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम तौलको सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का ३६ वर्षीय जनार्दन गुप्तालाई पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट आएका उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सुनसहित पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित जिल्ला प्रहरी छुट्टाछुट्टै घटनामा परेकाहरुसँग  आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्