नेभिगेशन
सुरक्षा विशेष

किन बोलायो मानव अधिकार आयोगले आईजीपी कुँवरलाई?

काठमाडौं । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले सोधपुछ गर्नका लागि बोलाएको छ।

पूर्व गृहमन्त्री रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेला गरिएको भनिएको दुर्व्यवहारमाथिको विषयमा सोधपुछ गर्नका लागि आज आईजीपी कुँवरलाई मानव अधिकार आयोगमा बोलाइएको हो।

चितवनमा बयान गराइएर रविलाई रातारात चितवन प्रहरीको हिरासतबाट दुर्व्यवहार गरेर  पोखरा लगेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लगाउदै मानव अधिकार आयोगमा निवेदन दिए पश्चात् आयोगले आईजीपी कुँवरलाई सोधपुछ गर्न बोलाएको हो।

रास्वपाले आफ्नो पार्टीका सभापतिसमेत रहेका रविलाई मादकपदार्थ सेवन गरेका प्रहरीले उठाएर जबरजस्ती जीपमा हालेको आरोप लगाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्