नेभिगेशन
सुरक्षा विशेष

अपराध गर्ने जो सुकै होस्, कानुनी दायरामा आउँछ: गृहमन्त्री

सुर्खेत । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकै भएपनि कानुनी दायरामा ल्याउने बताएका छन् । 

आजदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेशस्तरीय सम्मेलनमा गृहमन्त्री लेखकले अपराध गर्ने ठुलोबडालाई उन्मुक्ति दिने र सानोलाई विभेद गर्ने काम नगर्न सुरक्षा निकायलाई निर्देशन दिँदै अपराध गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउनुपर्ने भन्दै निर्देशन दिएका हुन् । 

गृहमन्त्री लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि किसिमका सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।

यस्तै गृहमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिंदै जनताका गुनासा र समस्यालाई सक्दो सम्बोधन गर्नुपर्ने बताए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्