नेभिगेशन
नेपाल प्रहरी

लरेन्स विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको आरोपमा दुर्गा प्रसाईंसँग सीआईबीले लियो बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग बयान लिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात बनाएर गलत अभिव्यक्ति दिएर हाल साइवर ब्युरोको हिरासतमा रहेका प्रसाईंसँग आज सीआईबीले बयान लिएको जनाएको छ।

सीआईबीले आज प्रसाईंसँग भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलगायतलाई धम्क्याएको आरोपमा बयान लिएको हो । यही प्रकरणमा झापाका हरिचन्द्र फुयललाई पक्राउ परेका थिए भने यसबारे दुर्गाको संलग्नता खुलेपछि यसअघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

बयानका क्रममा दुर्गाले विश्नोईको नाममा विभिन्न ठाउँमा धम्क्याउन आफूले ५ लाख दिएको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक सीआईबीका अधिकारीले जानकारी दिएका छन्  ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्