नेभिगेशन
अदालत

सहकारी ठगी प्रकरण: रवि लामिछानेको पर्सामा बयान जारी

पर्सा । पूर्व गृहमन्त्री रवि लामिछानेमाथि पर्साको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिन थालेको छ । अहिले उनको बयान जारी छ। कार्यालय समय शुरु भएपछि उनको बयान लिन थालिएको हो । यो उनको बयान दिएको पाँचौँ जिल्ला हो । पाँचै जिल्लाका सहकारी प्रकरणमा उनी मुछिएका हुन् । 

सोमबार साँझ वीरगञ्जमै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । जसअनुसार उनको रक्तचाप १६०–११० मापन गरिएको थियो ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएर बयान थालिएको हो । 

उनलाई सोमबार कास्कीबाट काठमाडौँ हुँदै काठमाडौँबाट सिराहा जहाजमा ल्याएर त्यसपछि गाडीमा वीरगञ्ज ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।

सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जीबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरीपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । 

त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ र चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइन लागेको हो । 

रवि कार्तिक २ गते पक्राउ परेका थिए । त्यतिबेलादेखि कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै छविराज जोशीलाई पनि वीरगञ्ज ल्याइएको छ । उनलाई गाडीमा वीरगञ्ज ल्याइएको हो । एउटै प्रकरणमा मुछिएका उनी गत असोज ६ गतेदेखि प्रहरीको हिरासतमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्