नेभिगेशन
सशस्त्र प्रहरी

६ दिनदेखि बेपत्ता पुरुषको शवलाई ७० फिट गहिराईबाट निकाल्यो सशस्त्र प्रहरीको गोताखोरले

काठमाडौं । सशस्त्र प्रहरीको गोताखोरले ६ दिनदेखि खोलामा बेपत्ता भएका एक पुरुषको शवलाई ७० फिट गहिराईबाट निकाल्न सफल भएको छ।

सशस्त्र प्रहरीको बराह बाहिनीबाट खटिएको गोताखोरको टोलीले ताप्लेजुङको सिरिजंघा गाँउपालिका-५ स्थित काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता भएका पुरुषको शवलाई  आज ७० फिट गहिराईबाट निकालेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार ती पुरुष बेपत्ता भएको स्थानदेखि  ५० मिटर टाढाबाट शव निकालेको हो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्