नेभिगेशन
इन्टरपोल

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी युएईबाट पक्राउ

काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । 

रूकुम पश्चिम आठबिसकोट नगरपालिका-५ ठेगाना भएका निराजन नेपालीलाई एनसिबि अवुधावी युएईको समन्वयमा युएईबाट  पक्राउ गरेर  कारवाहका लागि आज नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेर फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलासका लागि पक्राउ गर्न  अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन ७ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।

नेपालीलाई आबश्यक कारबाही र अनुसन्धानका लागि  मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्