नेभिगेशन
सुरक्षा अपडेट

कैलालीमा ३ वटा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

कैलाली । कैलालीको टीकापुर धनगढी र गोदावरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-१८, टीकापुर नगरपालिका-८ र गोदावरी नगरपालिका-४ मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।

जिल्लाको टीकापुरस्थित हुलाकी सडकखण्ड अन्तरगत फाँटामा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ। गम्भीर घाइते भएका बिनोदको उपचारकाका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो।

उक्त घटनामा २१ वर्षीय टीकापुर-१ का चालक रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी, गोदावरी नगरपालिका-४ स्थित भीमदत्त राजमार्गमा रोकिएको सुपप्र ०१–००१क २०६० नंम्बरको ट्रकमा म.२ प ९११७ नंम्बरको मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको शुक्लाफँटा नगरपालिका-११ कलुवापुरका ३० वर्षीय हिक्मत महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  उनको पनि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

यस्तै, धनगढीमा भएको दुर्घटनामा कैलारी गाउँपालिका-३ हसुलियाका ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको छ। चौधरी सवार सु.प.प्र.०१००११ प ७०७१ नंम्बरको मोटरसाइकल पछाडिबाट डल्लबसँग ठोक्किँएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटना धनगढी-१८ डिपो बजार भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको पनि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्