नेभिगेशन
अदालत

राजीनामा दिएका सशस्त्रका इन्स्पेक्टर छविलाल कुँवरविरुद्ध आरोपपत्र दायर

काठमाडौं । हालै राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पाइएपछि अख्तियार उनीविरुद्ध विशेषमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार कुँवरको भारतको युपी बोर्डबाट बनेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको निवेदन उपर छानबिन गर्दा नक्कली भेटिएपछि आरोपपत्र दायर गरिएको हो।

उनीविरुद्ध झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत लिएको आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक कुँवरविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा अख्तियार आरोपपत्र दायर गरेको हो।

कुँवर सशस्त्र प्रहरी बल नं.२९  ज्वालामाई गण, दाङमा कार्यरत रहेका बेला राजीनामा दिएका थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्